शुक्रबार, पुष ४, २०८२

बागमती कांग्रेसमा देउवा पक्षीय बाँनिया निर्वाचित

मेरोन्यूज २०७८ मंसिर १९ गते २१:५८

काठमाडौं । नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षीय इन्द्र बानिया निर्वाचित भएका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जनदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । केसीले ५ सय मत गणना हुँदासम्म अग्रता लिए पनि १ हजार मत गणना गर्दा पछि परेका हुन् । त्यसपछि भने बाँनियाले अग्रता बढाउँदै लगेका थिए ।

संस्थापन पक्षका बानियाँ र तेस्रोधार कृष्णप्रसाद सिटौला निकट भिमसेनदास प्रधानको समर्थनमा निवार्चित भएका हुन् । बानियाँले १ हजार ८५ मत ल्याएर बिजयी भए भने संस्थापन इतर समुहका जगदीश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे ।

कांग्रेसको बागमती प्रदेशमा आइतबार भएको मतदानमा २ हजार २६ मत खसेको थियो ।

शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेनदास प्रधान कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो । आइतबार दुई जनाको मात्रै प्रतिष्पर्धामा भने प्रधानले बानियालाई नै समर्थन जनाएका थिए ।

मकवानपुरका बाँनियाँ वागमती प्रदेशसभा कांग्रेस संसदीय दलका नेतासमेत हुन् । बानियाँसँगै देउवा पक्षले ३ वटा प्रदेशमा सभापति जितेको छ ।

पौडेल पक्षले भने एक प्रदेशमा सभापतिसहितको प्यानल विजयी भएको छ । पौडेल पक्षले गण्डकी प्रदेशमा जीत हात पारेको छ ।

प्रतिक्रिया