कोइराला बने गृह मन्त्रालयको प्रवक्ता
मेरोन्यूज
२०७८ मंसिर २० गते २१:०४

काठमाडौं । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी प्रदीपकुमार कोइरालाले सम्हालेका छन् ।
मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव प्रदीपकुमार कोइरालाले सोमवारदेखि नै गृह प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।
सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका अहिलेका प्रवक्ता फणीन्द्रमणि पोखरेललाई भने प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
अहिले प्रवक्ताको जिम्मेवारीमा रहेका फणीन्द्रमणि पोखरेल अमेरिका गएका कारण कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका कोइराला अख्तियारको पनि प्रवक्ता थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएर आएका मुकुन्दप्रसाद निरौलालाई सुरक्षा तथा समन्वय महाशाखाको जिम्मा दिइएको छ ।
सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया