बुधबार, पुष २३, २०८२

कोइराला बने गृह मन्त्रालयको प्रवक्ता

मेरोन्यूज २०७८ मंसिर २० गते २१:०४

काठमाडौं । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी प्रदीपकुमार कोइरालाले सम्हालेका छन् ।

मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव प्रदीपकुमार कोइरालाले सोमवारदेखि नै गृह प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।

सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका अहिलेका प्रवक्ता फणीन्द्रमणि पोखरेललाई भने प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

अहिले प्रवक्ताको जिम्मेवारीमा रहेका फणीन्द्रमणि पोखरेल अमेरिका गएका कारण कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका कोइराला अख्तियारको पनि प्रवक्ता थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा भएर आएका मुकुन्दप्रसाद निरौलालाई सुरक्षा तथा समन्वय महाशाखाको जिम्मा दिइएको छ ।

प्रतिक्रिया