युवा नेता कार्की महाधिवेशन प्रतिनिधि निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रघु कार्की सर्लाही – ४ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा ५ सय १३ मत ल्याएर कार्की विजयी भएका हुन् ।
नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य समेत रहेका कार्कीले ५ सय १३ मत ल्याउदै महाधिवेशन प्रतिनिधिमा विजय हासिल गरेका हुन् । १२ औँ महाधिवेशन देखि नै क्षेत्रीय प्रतिनिधि चुनिदै आएका थिए ।
‘हाम्रो पुस्ता अब नेतृत्वका लागि अगाडी बढ्दै छ । यसलाई देशभरबाट निर्वाचित युवा प्रतिनिधिले प्रस्ट्याएको छ’ नेता कार्कीले भने ।
नेवि संघभित्र स्पष्ट वक्ता र कूशल संगठकका रूपमा परिचित नेता कार्कीले समाजशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक (एलएलबी) पनि गरेका छन् ।
नेता कार्कीलाई प्रदेश नम्बर २ का महिला, बालबालिका , युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह तथा सर्लाही जिल्ला नेका उपसभापति सुरेन्द्र प्रसाद सिंहले निर्वाचित प्रमाणपत्र दिदै उज्वल भविष्य रहेको नेताको रुपमा उपस्थित माँझ व्याख्या गरेका थिए ।


















संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया