श्याम घिमिरेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा श्याम कुमार घिमिरेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घिमिरेले खस आर्यतर्फबाट उम्मेदवारी दिने भएका हुन् । घिमिरेले पार्टीभित्रको गुटबन्दी अन्त्य र नेता कार्यकताको उचित मुल्यांकन गरी जिम्मेवारी बनाउन पनि आफूले उम्मेदवारी दिने बताए । उनले आर्थिक विकास पार्टीको पहिलो मुद्दा बनाउने एवम् समाज सुधार र परिवर्तनको अगुवाइ गर्ने बताए ।
वि.स.२०३६ सालदेखि नेविसंघबाट राजनीति यात्रा सुरु गरेका घिमिरेले आरआर क्याम्पस जनकपुर र ठाकुराम क्याम्पस विरगंञ्जमा स्वतन्त्र विधार्थी युनियनका सचिव बनेका थिए ।
उनी वि.स. २०४६ सालको जनआन्दोलन एरिया कमाण्ड बनेका थिए । सभापति शुसिल कोईरालाको कार्यसमितिमा घिमिरे २ कार्यकाल केन्द्रीय सदस्य बनेका थिए ।
घिमिरे लेखा समिति संयोजक हुँदै कृयाशिल सदस्य छानबिन समितिका सदस्य समेत हुन् ।


















संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया