माओवादीमा ३३ वटा विभाग र एक प्रतिष्ठान गठन (सूचीसहित)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मन्त्रालय सरहकै ३३ वटा विभाग गठन गरेको छ । माओवादीले ३३ विभाग र एउटा नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको छ ।
माओवादी केन्द्रले अर्थ तथा योजना, उद्योग तथा वाणिज्य, उपभोक्ता हित तथा आपूर्ति, कृषि तथा भूमिसुधार, कोष तथा आर्थिक ब्यवस्थापन, खानेपानी तथा सरसफाई, जलस्रोत सिँचाई तथा ऊर्जा लगायतका ३३ वटा विभाग गठन गरेको छ । सबै विभागमा प्रमुख र उपप्रमुखसहित सदस्यहरु तोकिएका छन् ।
माओवादीको पार्टी स्कुल विभागको इन्चार्ज पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै छन् भने विभागको प्रमुख गिरिराजमणि पोखरेललाई बनाइएको छ । माओवादी संसदीय दलका नेता समेतरहेका माओवादी अध्यक्ष प्रचण्डलाई संघीय संसदीय विभागको प्रमुख तोकिएको छ । प्रचण्ड प्रमुख रहेको संघीय संसदीय विभागको उपप्रमुख पार्टी प्रवक्ता कृष्णबहादुर महरा छन् । पार्टी प्रवक्ता महरालाई राष्ट्रिय सुरक्षा विभागको भने प्रमुख बनाइएको छ ।
यता, माओवादी स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठलाई विदेश मामला विभागको प्रमुख तोकिएको छ ।
माओवादी केन्द्रले अर्थ तथा योजना र कोष तथा आर्थिक ब्यवस्थापन भन्ने दुई छुट्टाछुट्टै विभाग बनाए पनि अर्थमन्त्री शर्मालाई भने दुवै विभागमा नराखेर संगठन विभागको प्रमुख बनाइएको छ ।
अर्थ तथा योजना विभागको प्रमुखमा वर्षमान पुन छन् भने कोष तथा आर्थिक ब्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय छन् ।
यस्तै, ३५ सदस्य रहने गरी गठन गरिएको नीति अनुसन्धान प्रतिष्ठानमा १८ सदस्य मात्र छन् भने प्रमुख र उपप्रमुखसहित अन्य सदस्य खाली राखिएको छ ।
सूची हेर्नुहोस्


















संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया