कांग्रेस महाधिवेशनको प्रचारप्रसारमा अंकुश, यस्तो आयो आचारसंहिता

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि शुरु हुने १४ औं महाधिवेशनमा प्रचारप्रसारमा अंकुश लगाइएको छ । पटक पटकको निर्वाचनको प्रचारप्रसारमा मात्रै मोटो रकम खोला बगाउने गरेको भन्दै कांग्रेसले आलोचना खेप्दै आएको छ ।
यसपालीको पार्टी महाधिवेशनमा यस्तै हुन सक्ने भएकाले निर्वाचन समितिले आचारसंहिता बनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालप्रसाद घिमिरेले महाधिवेशन प्रतिनिधिहरुका लागि आचारसंहिता सार्वजनिक गरेका छन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिको आचारसंहिताअनुसार प्रचार सामग्रीका रुपमा भिजिटिङ कार्ड मात्रै प्रयोग गर्न पाइने भएको छ ।
यस्तै, सानेपास्थित कांग्रेस केन्द्रीय कार्याल्य, भृकुटी मण्डप परिसर र महाधिवेशनस्थल आसपास ५ सय मिटर क्षेत्रभित्र निर्वाचसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री राख्न निषेध गरिएको छ । त्यस ठाउँमा ब्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्पलेट, इत्यादी टाँस्न तथा माइकिङ गर्न समेत निर्वाचन समितिले मनाही गरेको छ ।



















संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया