आइतबार, वैशाख ६, २०८३

कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि सुरु

मेरोन्यूज २०७८ मंसिर २४ गते ६:४६

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको आज दिउँसो १ बजे हुने भएको छ । काठमाडौँस्थित भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुने भएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उद्घाट्नको पूरा तयारी भइसकेको पार्टी कार्यालयले जनाएको छ । उद्घाटन गर्न मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा बनाइएको छ ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरु तथा केही विदेशी नेताहरू सहभागी हुने भएका छन् । भारतबाट भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको उपस्थिति हुने छन् ।

उद्घाटन समारोह दुई घण्टामा सक्ने गरी व्यवस्थापन मिलाइएको छ ।

प्रतिक्रिया