पर्वतमा विपन्नलाई न्यानो कपडा वितरण अभियान
काठमाडौँ । चिसो मौसमबाट प्रभावित परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको छ । जिल्लामा सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउट ट्रपको संयुक्त आयोजनामा न्यानो कपडा वितरण गर्न थालिएको हो ।
शुक्रबारदेखि बजारका उद्योगी, व्यवसायी तथा अन्य बासिन्दासँग पुराना र सफा कपडा संकलन गर्ने र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्ने अभियान थालिएको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल निर्जनले बताए ।
शुक्रबार पहिलो दिन झण्डै चार बोरा कपडा संकलन गरिएको छ । सिरक, डसना, स्वीटर, ब्लाङ्केट, टाउजर, ट्रयाकसुट, जुत्ता, मोजालगायत लगाउने र ओढ्ने ओछ्याउने कपडासमेत संकलन गरिएको छ । संकलित कपडा आज सदरमुकामको मैत्रीचोकस्थित मेघा बैंक नजिकैबाट वितरण गरिने भएको छ ।
जो आफैँ किनेर न्यानो लुगा लगाउन र न्यानो ओछ्यानमा सुत्न सक्दैनन् उनीहरुका लागि यो अभियानले ठूलो सहयोग पुग्ने कुश्मा नगरपालिका–७ का अध्यक्ष सुवासचन्द्र पौडेलले बताए । यो अभियानमा उक्त वडाको पनि सहकार्य रहेको छ । जाडो महिना सुरु भएपछि विपन्न, दलित र मजदुरका परिवार प्रभावित हुने गरेका छन् ।
न्यानो कपडा संकलन तथा वितरण अभियान जाडो यामभरि निरन्तर सञ्चालन गरिने भएको छ । पहिलो चरणमा सदरमुकाम र त्यसपछि पालिकास्तरमा पुगेर संकलन तथा वितरण गरिने भएको छ । अभियानमा उद्योगी, व्यवसायी तथा बजारवासी नागरिकले स्वतःस्फूर्त रुपमा पुराना तथा सफा र पुनः प्रयोग गर्न सकिने कपडा सहयोग गरेको क्लबले जनाएको छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया