बिहीबार, फागुन २१, २०८२

सयेर बजारमा आज सर्किट ब्रेक, कारोवार केही समय लाई स्थगित

मेरोन्यूज २०७८ मंसिर २८ गते १३:०८

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्मा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अभिब्यक्तिका कारण सेयर बजार आरालो लागिरहेको आरोप लागिरहेका बेला मंगलबार भने सेयर बजारमा उच्च अंकको वृद्धिसँगै सर्किट ब्रेक लागेको छ । अघिल्लो दिनको तुलनामा ५ प्रतिशतले सेयर बजारको मूल्य बढेर सर्कट लागेको हो । १२ बजेर ३८ मिनेट जाँदा बजारमा सर्किट लागेको छ । सो बेलासम्म ११४.२५ अंकले नेप्से बढेर २३९५ अंकमा पुगेको छ ।

सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेटसम्मका लागि अहिले बन्द भएको छ । दिनभर ६ प्रतिशतसम्म नेप्से बढ्न वा घट्न सक्नेगरीमा सर्किट ब्रेकरको सीमा तोकिएको छ । आज एकैपटक १८६ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको मात्रै घटेको छ ।

प्रतिक्रिया