सुनको मूल्य एकै दिन हजार रुपैयाँले वृद्धि
मेरोन्यूज
२०७८ पुष २ गते ११:१३
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । गत बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापा वाला सुन बिहीबार एकैदिन एक हजार रुपैयाँले वृद्धि भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि हुँदै ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने गत बुधबारको मूल्यमा तोलामा १५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार २५० रुपैयाँ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया