महासंघका अध्यक्षको प्रत्यक्ष चुनाव गर्न प्रस्ताव

काठमाडौँ । निजी क्षेत्रका उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षको छनोट प्रत्यक्ष मतदानबाट गर्न प्रस्ताव गरिएको छ । महासंघले गठन गरेको विधान संशोधन समितिका तर्फबाट अध्यक्ष शेखर गोल्छालाई बुझाइएको महासघको विद्यमान विधान संशोधनको मस्यौदामा वरिष्ठ उपाध्यक्षको पद हटाएर अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट गर्न प्रस्ताव गरिएको हो ।
हाल महासंघमा वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन गर्ने र वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान छ । महासंघको कार्यकारिणी समिति र साधारणसभाबाट परित भएमात्र विधान कार्यान्वयन हुने छ । यद्यपि, हालका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको हकमा भने यो व्यवस्था लागू हुने छैन ।
महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो । समितिले यस बीचमा ११ महिना लामो गृहकार्य गरी विधानको मस्यौदा तयार पारेको थियो । समितिले महासंघ अध्यक्षको कार्यकाल घटाएर दुई वर्ष बनाउनसमेत सुझाव दिएको छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया