‘ए’ डिभिजन लिगः हिमालयन शेर्पाको दोस्रो जित
मेरोन्यूज
२०७८ पुष १० गते १६:०३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा हिमालयन शेर्पाले च्यासल युथ क्लबलाई ३—१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २५औं मिनेटमा शेर्पाका लागि मुतम्बा भ्युनयोलिले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । ५६औं मिनेटमा मुतम्बाले पुनः गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे ।
यस्तै, च्यासलका लागि ७५औं मिनेटमा राजीव लोप्चनको पासमा रूमेस बर्तौलाले सान्त्वना गोल गरे ।
शेर्पाका लागि खेलको ८०औं मिनेटमा सुरेश कुमालले तेस्रो गोल गरे ।
जितसँगै शेर्पा लिगमा ६ खेलबाट ८ अंक जोड्दै तालिकाको छौठौं स्थानमा उक्लिएको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया