बुधबारदेखि लबिङ मलमा ‘बेक फेष्ट’

काठमाडौ । नेपालमै पहिलो पटक ‘बेक फेस्ट’ सञ्चालन गर्न लागिएको छ ।
बेकरहब अनलाइनले पुस १४ गते बुधबारदेखि ललितपुरको लबिङ् मलमा ‘बेक फेस्ट’ सञ्चालन गर्न लागेको हो । पुस १४ गतेदेखि सुरु हुने मेला पुस १६ गतेसम्म सञ्चालन हुने आयोजक बेकरहब अनलाइनले जनाएको छ ।
तीन दिनसम्म चल्ने उक्त फेष्टिबलमा भिन्न भिन्न प्रकारका ओहो केक, यूरोपियन बेकरी, बेक्स एण्ड केक्स, लगायतका बेकरीका परिकारहरु एकै ठाउँमा रहनेछन् ।
३५ वटाभन्दा बढी अन्तर्राष्ट्रिय तथा स्थानीय स्तरका लुलु, ताजा बेकरीजहरुको आबद्वता रहने सो बेक फेष्टको पहिलो दिनमा सेफ च्यालेन्ज थिम, दोस्रो दिनमा गेम च्यालेन्ज र तेस्रो दिनमा केक रनवे र म्युजिकल इभेन्ट रहने संस्थाकी प्रमुख कार्यकारी अधिकृत दीपा भुसालले बताइन् ।
राजधानीका विभिन्न होटल म्यानेजमेन्ट कलेजहरुको प्रत्यक्ष सहभागीतामा लाइभ बेकरीका आइटमहरुको प्रतिष्पर्धा हुने र पुरस्कारको पनि व्यवस्था गरिएको भुसालले बताइन् ।
बेक फेष्टमा फुड एण्ड बेभरेज, हस्पिटालिटी, शैक्षिक र फिल्मी क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहने जनाइएको छ ।
संस्थाको बेकरहब अनलाइन प्लेटफर्म मार्फत सबै खालका बेकरी आइटमहरु एकै ठाउँबाट उपलब्ध गराउन सकियोस् भनेर आम उपभोक्तालाई चिनाउन बेक फेष्ट सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
बेक फेष्टको उदघाटन उद्योगपति राजेन्द्र खेतानले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।










बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया