बुधबारदेखि लबिङ मलमा ‘बेक फेष्ट’

काठमाडौ । नेपालमै पहिलो पटक ‘बेक फेस्ट’ सञ्चालन गर्न लागिएको छ ।
बेकरहब अनलाइनले पुस १४ गते बुधबारदेखि ललितपुरको लबिङ् मलमा ‘बेक फेस्ट’ सञ्चालन गर्न लागेको हो । पुस १४ गतेदेखि सुरु हुने मेला पुस १६ गतेसम्म सञ्चालन हुने आयोजक बेकरहब अनलाइनले जनाएको छ ।
तीन दिनसम्म चल्ने उक्त फेष्टिबलमा भिन्न भिन्न प्रकारका ओहो केक, यूरोपियन बेकरी, बेक्स एण्ड केक्स, लगायतका बेकरीका परिकारहरु एकै ठाउँमा रहनेछन् ।
३५ वटाभन्दा बढी अन्तर्राष्ट्रिय तथा स्थानीय स्तरका लुलु, ताजा बेकरीजहरुको आबद्वता रहने सो बेक फेष्टको पहिलो दिनमा सेफ च्यालेन्ज थिम, दोस्रो दिनमा गेम च्यालेन्ज र तेस्रो दिनमा केक रनवे र म्युजिकल इभेन्ट रहने संस्थाकी प्रमुख कार्यकारी अधिकृत दीपा भुसालले बताइन् ।
राजधानीका विभिन्न होटल म्यानेजमेन्ट कलेजहरुको प्रत्यक्ष सहभागीतामा लाइभ बेकरीका आइटमहरुको प्रतिष्पर्धा हुने र पुरस्कारको पनि व्यवस्था गरिएको भुसालले बताइन् ।
बेक फेष्टमा फुड एण्ड बेभरेज, हस्पिटालिटी, शैक्षिक र फिल्मी क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहने जनाइएको छ ।
संस्थाको बेकरहब अनलाइन प्लेटफर्म मार्फत सबै खालका बेकरी आइटमहरु एकै ठाउँबाट उपलब्ध गराउन सकियोस् भनेर आम उपभोक्तालाई चिनाउन बेक फेष्ट सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
बेक फेष्टको उदघाटन उद्योगपति राजेन्द्र खेतानले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
















Two killed in motorcycle accident in Rautahat
उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
Gold, silver prices reach all-time high
संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया