आइतबार, पुष ६, २०८२

विद्यालयलाई आर्थिक सहयोग प्रदान

मेरोन्यूज २०७८ पुष १४ गते ६:५८

काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिका ८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर छन्त्यालले एक लाख सहयोग गरेका छन् ।
हाल अमेरिकामा बस्दै आएका छन्त्यालले कान्छा हजुरबुबा दलबहादुर छन्त्यालको स्मृतिमा रकम सहयोग गरेका हुन् ।

उनले रकम प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गरेका थिए । छन्त्याललाई विद्यालय परिवारले सहयोगका लागि धन्यवाद दिएको छ । छन्त्यालले विद्यालयको शैक्षिक प्रगतिका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए ।

दुर्गम गाउँको उक्त विद्यालयले स्थानीय श्रोत साधन जुटाएर बिना दरबन्दी मावि तहको पठनपाठन सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया