कोभिडका कारण ‘बी’ लेभल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता स्थगित

बुटवल । लाफा समूह बुटवलले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको ‘लाफा’ ‘बी’ लेभल राष्ट्रिय पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता २०७८ स्थगित गरेको छ ।
कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएपछि समूहले निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने निर्णयमा पुगेको हो ।
समूहको सोमबार बसेको बैठकले हाललाई प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको प्रतियोगिताका संयोजक तथा समूहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।
त्यस्तै, कोभिड संक्रमणको परिस्थिति र सरकारको कोभिड संक्रमण सम्बन्धी नयाँ निर्णय अनुसार प्रतियोगिताको नयाँ मिति तय गर्ने समूहका अध्यक्ष तारा रेश्मीमगर जानकारी दिए ।
समूहले माघको २२ र २३ गते दुई दिने लाफा बि लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
लगातार तीन वर्षसम्म राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको समूहले यस वर्ष स्थानीय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बी लेभलको प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया