सोमबार, जेठ ५, २०८२

कोभिडका कारण ‘बी’ लेभल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता स्थगित

मेरोन्यूज २०७८ माघ १७ गते १८:२०

बुटवल । लाफा समूह बुटवलले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको ‘लाफा’ ‘बी’ लेभल राष्ट्रिय पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता २०७८ स्थगित गरेको छ ।

कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन भेरियन्ट) बढ्दै गएपछि समूहले निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने निर्णयमा पुगेको हो ।

समूहको सोमबार बसेको बैठकले हाललाई प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको प्रतियोगिताका संयोजक तथा समूहका उपाध्यक्ष बबिन थापाले जानकारी दिए ।

त्यस्तै, कोभिड संक्रमणको परिस्थिति र सरकारको कोभिड संक्रमण सम्बन्धी नयाँ निर्णय अनुसार प्रतियोगिताको नयाँ मिति तय गर्ने समूहका अध्यक्ष तारा रेश्मीमगर जानकारी दिए ।

समूहले माघको २२ र २३ गते दुई दिने लाफा बि लेभल पुरुष तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

लगातार तीन वर्षसम्म राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको समूहले यस वर्ष स्थानीय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बी लेभलको प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया