मंगलबार, पुष ८, २०८२

ईक्यान चितवनको अध्यक्षमा समुन्द्र अर्याल निर्वाचित

मेरोन्यूज २०७८ पुष १७ गते ११:२६

चितवन । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको अध्यक्षमा समुन्द्र अर्याल विजयी भएका छन् ।

चितवनको सौराहामा सम्पन्न दशौं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले अर्यालको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको हो ।

समितिको उपाध्यक्ष दीपकचन्द्र भट्टराई , सचिव किशोर सुवेदी, कोषाध्यक्ष प्रज्जवल पौडेल , सदस्यहरुमा केशवराज सेढाई , कृष्णप्रसाद सापकोटा, ठाकुर रेग्मी र लक्ष्मण कडेललाई निर्वाचित भएका छन् ।

करिब डेढ दशकदेखि शैक्षिक परामर्शको क्षेत्रमा अनुभव हासिल गरेका नव निर्वाचित अध्यक्ष अर्यालले आगामी दिनमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुको हकहितका लागि यो कार्यसमिति सशक्तरुपमा लागि पर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया