सोमबार, पुष ७, २०८२

युनिमनीको र्याफल ड्र क्याम्पियन सुरू

मेरोन्यूज २०७८ पुष २२ गते १८:२९

काठमाडौँ । युनिमनी एक्सचेन्जको र्याफल ड्र क्याम्पियन सुरु भएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिनबाट सुरु भएको क्याम्पियन आगामी फागुन १० गतेसम्म चल्ने जनाइएको छ ।

र्याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीहरु युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभसाइट धधध।गलष्mयलष्।त्रब मार्फत पैसा पठाउँदा १० जना विजेताले आइफोन १३ का साथै ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने कम्पनीले जनाएको छ ।

विद्युतीय च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानिय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुने जनाइएको छ ।

उक्त क्याम्पियनमा २ वटा र्याफल ड्र गरी २ चोटी २०÷२० जनालाई पुरस्कार प्रदान गरिन्छ ।

ग्राहकहरूको विश्वासको लागि पुरस्कृत गर्न डिजाइन गरिएको नयाँ क्याम्पियन घोषणा गर्न पाउँदा आफू उत्साहित भएको युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले बताए ।

युनिमनी एक्सचेन्ज एलएलसी (युनिमनी) वित्तीय सेवाहरूको एक विविध प्रदायक हो । युनिमनीले खुद्रा स्टोरहरू, अनलाइन र मोबाइल समाधानहरूसहित बहु ग्राहक टचपोइन्टहरू मार्फत भौगोलिक, मुद्राहरू र च्यानलहरूमा पैसाको निर्बाध आवागमनको सुविधा दिने गरेको छ ।

युनिमनीले अर्थव्यवस्था र वाणिज्य मन्त्रालय, कतारमा सन् २००७ मा कतार केन्द्रीय बैंकले इजाजत पाएको थियो ।

यसैबीच, आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ र मनी ट्रान्सफर युनिमनी एक्सचेन्जबीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।

प्रतिक्रिया