भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघको अध्यक्षमा मानन्धर निर्वाचित

भक्तपुर । भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघको अध्यक्षमा गंगाराम मानन्धर निर्विरोध निर्वाचित भएका छन् ।
संघको १२औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनबाट मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
यस्तै उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जित, चन्द्र श्रेष्ठ महासचिवमा रामप्रसाद खर्वुजा, सचिव अल्वर्ट बज्राचार्य, कोषाध्यक्षमा स्याम दुवाल, सहकोषाध्यक्षमा बुद्धिकुमार मुस्याख्व, सदस्यहरूमा शिवराम वैद्य, श्याम सुन्दर नगरकोटी, अर्जुन गोपाल द्यौभडेल, विश्वराम खर्वुजा र राकेश प्रजापति निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै भक्तपुर मोबाइल व्यवसायी संघले पनि नयाँ नेतृत्व पाएको छ । श्यामसुन्दर नगरकोटीको नेतृत्वमा कार्यसमिति सर्वसम्मत गठन गरिएको हो ।
संघको उपाध्यक्षमा होम प्रसाद बजगाईं, सचिवमा विमल गोले तामाङ कोषाध्यक्षमा लव कृष्ण श्रेष्ठ , सदस्यमा रविन लामा, रोशन अधिकारी, आकाश गिरी, रामगोपाल ख्वालापाला, रोशन श्रेष्ठ, कृष्ण चन्द्र कर्माचार्य, डेनिस दुवाल, दीपेश श्रेष्ठ र रमेश खायामली सर्वसम्मत निर्वाचित भएका हुन् ।
भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १२औं वार्षिक साधारणसभा तथा छैठौँ अधिवेशनका साथै भक्तपुर मोबाइल व्यवसाय संघको पहिलो अधिवेशनले दुवै संघका नयाँ नेतृत्व छनोट गरेको हो ।
कार्यक्रममा व्यवसायी तथा कलाकार करिश्मा मानन्धरले नेपाली कला क्षेत्र सँगसँगै आफूले व्यवसाय पनि सञ्चालन गर्दै आएको बताउँदै सबैले आत्मनिर्भर हुन कुनै न कुनै व्यवसाय गर्नु पर्नेमा जोड दिइन् ।
उनले सबै व्यवसायीहरू मिलेर एकछत्र भएर व्यवसायमा लागेका खण्डमा सफल हुन सकिने समेत बताएकी थिइन् ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रतिक्रिया