सुनचाँदीको मूल्य स्थिर
मेरोन्यूज
२०७८ पुष २५ गते ११:१७

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै बिक्रीदरमा आइतबार सुनको मूल्य निर्धारण भएको छ ।
महासंघले आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको जनाएको छ ।
तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । यो साताको भाउ हेर्दा सुनको मूल्यमा बारम्बार घटेको अवस्था सिर्जना भएको देखिन्छ ।
यसअघि, बिहीबार छापावाल सुन तोलाको ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार छापावाल सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको भाउ पनि प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया