प्रधानमन्त्री कप क्रिकेट आजबाट, पहिलो दिन चार खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सोमबारबाट सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एकै दिन ४ खेल आयोजना हुनेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय फर्म्याटको यस प्रतियोगितालाई पहिलो पटक टी–२० फर्म्याटमा आयोजना गरेको हो । नेपाली टोलीले आगामी महिना ओमानमा आयोजना हुने आईसीसी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल्ने भएसँगै प्रतियोगिता टी–२० आयोजना गरिएको हो ।
त्रिवि मैदानमा बिहान साढे ९ बजे हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । त्रिविमै सवा १ बजे हुने दोस्रो खेलमा एपीएफ र प्रदेश २ खेल्नेछन् ।
मुलपानीमा बिहान साढे ९ बजे हुने खेलमा नेपाल पुलिस र सुदूरपश्चिम तथा दिउँसो सवा १ बजे सुरु हुने खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
माघ ५ सम्म चल्ने प्रतियोगितामा १० टोलीले सहभागीता रहनेछ । जसलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए ’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर एक छन् । समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, प्रदेश नम्बर दुई, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।
दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश पाउनेछन् ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया