सोमबार, पुष ७, २०८२

स्थगित हुन थाले मेला महोत्सव

मेरोन्यूज २०७८ पुष २७ गते १९:०४

काठमाडौं । कोरोना संक्रमण बढेर सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि मेला महोत्सवहरु स्थगित हुन थालेका छन् ।

कोरोनाको कारण माघ १८ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको क्यान इन्फोटेकको २७ औं संस्करण स्थगित गरिएको छ ।

माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गरिएको थियो ।

अर्को निर्णय नभएसम्मको लागि हाललाई मेला स्थगित गरिएको क्यान महासंघले जनाएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं काठमाडौं उपत्यका अन्तर्गतका जिल्ला प्रशासन कार्यालयको निर्णयलाई ध्यानमा राख्दै मेला स्थागित गरिएको आयोजकले जनाएको छ ।

महासंघले मेलाको सम्पूर्ण तयारी पूरा भइसकेका बताएको थियो ।

प्रतिक्रिया