एनसीसी बैंकले चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकको विहीबार सम्पन्न २४ औं साधारणसभाबाट सर्वसम्मत रुपमा पारित गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा बसेको साधारणसभाबाट पारित ८ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ पुग्ने भएको छ ।
बैंकको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७७/७८ मा ११० अर्ब ८० करोड निक्षेप परिचालन गरी रू. ९८ अर्ब ३२ करोड खुद कर्जा प्रवाह गरेको छ । साथै उक्त आर्थिक वर्षमा कर तथा बोनस पछि रु. १ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १२ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया