प्रदेश २ को राजधानी तोक्न गोप्य मतदान शुरु

जनकपुर । लामो समय देखि प्रदेशको राजधानी र नाम तोक्न असफल बनिरहेको प्रदेश २ को स्थायी राजधानी तोक्न अहिले मतदान प्रक्रिया सुरु भएको छ।
सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले राजधानीका लागि गरेको पहिलो प्रस्तावमा गोप्य मतदान सुरु भएको हो।
राजधानी सम्बन्धी दल तथा सांसदले प्रदेशसभा सचिवालयमा दर्ता गराएको ६ वटा प्रस्तावलाई परिमार्जन गर्दै संसदीय समितिले तीन वटा प्रस्ताव अघि सारेको छ।
जसमध्ये सबै दलको साझा प्रस्ताव जनकपुर राजधानीका लागि अहिले मतदान सुरू भएको हो।
यस प्रस्तावमा उत्तरमा धनुषा ढल्केवरको पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाक्षेत्र भित्रको सम्पूर्ण भूभाग सिमाना कायम गरिएको छ।
राजधानी सम्बन्धी प्रस्ताव पारित हुन प्रदेशसभाको कुल १ सय ४ सदस्यको दुई तिहाई ६८ मत आवश्यक हुन्छ।
यो प्रस्तावमा दुई तिहाई नपुगे दोस्रो प्रस्ताव ‘वीरगञ्ज’ मा मतदान हुनेछ।
पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सा गढी नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ हुँदै सिम्रोनगढभित्रको भूभाग यस प्रस्तावमा समेटिएको छ।
जसपाका सांसद सिंगासन साह कल्वार यसका प्रस्तावक छन् भने लोसपाका सांसद प्रह्लाद गिरी गोस्वामी, जसपाकी सांसद करिमा बेगम र भीमा यादवले प्रस्तावको समर्थन गरेका छन्।
यो प्रस्तावमा समेत दुई तिहाई नपुगेको खण्डमा वीरगञ्जमा वीरगञ्ज महानगरपालिका भरिको भूभाग उल्लेख गरिएको अर्को प्रस्तावमा मतदान हुनेछ।
जसको प्रस्तावक कांग्रेसका राजेश्वर प्रसाद साह छन् भने कांग्रेसकै शंकर प्रसाद चौधरी, ओम प्रकाश शर्मा र असिया देवी थरूनी समर्थक छन्।
राजधानी समबन्धी प्रस्तावमा माथि मतदान सम्पन्न भइसकेपछि नामका लागि मतदान प्रक्रिया अघि बढाउने कार्यसूची छ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया