सुदिप र आकाशको राष्ट्रिय टोलीबाट डेब्यु
मेरोन्यूज
२०७८ माघ १५ गते १९:४३

काठमाडौं । सुदिप गुरुङ र आकाश बुढा मगरले राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् ।
मौरिसससँग शनिवार भएको पहिलो मैत्रीपूर्ण खेलमा ८५ मिनेटमा मैदान प्रवेश गर्दै सुदिपले पहिलो पटक राष्ट्रिय टोलीबाट खेलेका हुन् ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सुदिपलाई सुरज जिउ ठकुरिको स्थानमा मैदान छिराए ।
यस्तै, आकाशले ९०औं मिनेटमा तेज तामाङको स्थानमा लिएका हुन् । उनी एन्फा एकेडेमीका खेलाडी हुन् ।
जारी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो यूथ क्लबबाट उच्च प्रदर्शन गरेका सुदिप र आकाशले पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणमा मौका पाएका थिए ।
त्यही अघि सुदिप टुसाल यूथ क्लबबाट बी डिभिजन लिग खेलेका थिए । सुदिप र आकाशले राष्ट्रिय टोलीबाट डेब्यू गरेसँगै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले जित हात परेको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया