सुजलको ६ वर्षपछि राष्ट्रिय टोलीबाट गोल
मेरोन्यूज
२०७८ माघ १८ गते १८:१७

काठमाडौं । सुजल श्रेष्ठले राष्ट्रिय फुटबल टोलीका लागि ६ वर्षपछि गोल गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा मौरिससविरुद्ध अग्रता दिलाउँदा सुजलले ६ वर्षपछि गोल गरेका हुन् । यो उनको राष्ट्रका लागि तेस्रो गोल हो ।
यसअघि सुजलले २०१६ मा सोलिडारिटी कपमा नेपालका लागि अन्तिम गोल गरेका थिए । सुजनले यसअघि टिमोर लिस्टे र लाओसविरुद्ध गोल गरेका हुन् ।
खेलको ११ औं मिनेटमा सुजलले नेपालका लागि अग्रता दिलाएका हुन् । उनले पूजन उपरकोटिले बक्स भित्रबाट गरेको ब्याक फ्लिकलाई वान टचमै गोल गरे ।
यसअघि पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको थियो ।
सम्बन्धित









कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया