रूसी राष्ट्रपति पुटिन बेइजिङ पुगे
मेरोन्यूज
२०७८ माघ २१ गते १३:३७

एजेन्सी । युक्रेन मामिलामा अमरिकासँग तनाव बढिरहेका बेला रूसी राष्ट्रपति भ्लादमिर पुटिन चीनको राजधानी बेइजिङ पुगेका छन्। एउटा भ्रमण तर दुईटा सन्देश हुने गरी राष्ट्रपति भ्लादमिर पुटिन बेइजिङ पुगेका हुन् ।
उनी खासमा आजै हुने विन्टर ओलम्पिक २०२२ को उदघाटन समारोहमा सहभागी हुन बेइजिङ पुगेका हुन्। तर बेइजिङमा पुटिनको चिनियाँ समकक्षी सी चिनफिङसँग पनि भेटवार्ता हुनेछ ।
युक्रेन मामिलामा रुस र अमेरिकाबीच वढदो तनाव र ग्यास पाइपलाइन बनाउनेलगायत विषयमा उनीहरुका वीचमा छलफल हुने अन्तराष्टिय समाचार एजेन्सीहरुले वताएका छन् । ग्यास पाइपलाइनका विषयमा भने सम्झौता नै हुने पनि बताईएको छ ।
पुटिनको बेइजिङ भ्रमण यो वर्षको पहिलो विदेश भ्रमण हो।
सम्बन्धित
प्रतिक्रिया