अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
मेरोन्यूज
२०७८ माघ २४ गते ११:४५
काठमाडौँ । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँच जना पाकिस्तानी सैनिक मारिएका बताइएको छ ।
अफगानिस्तानतर्फबाट आतंककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ । पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो ।
पाकिस्तानले आतंकवादीहरुले आफ्ना विरुद्धका लागि अफगानिस्तानको भूमि प्रयोग गरेकामा आपत्ति पनि प्रकट गरेको छ । साथै पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो सीमा क्षेत्रमा भएको हमलामा परी पाकिस्तानी सेनाको तर्फबाट भएको कारबाहीमा ठूलो संख्यामा आतंककारीहरु पनि मारिएको बताइएको छ ।
सम्बन्धित













प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
प्रतिक्रिया