बुधबार, वैशाख १०, २०८२

रोमालाई पराजित गर्दा इन्टर सेमिफाइनलमा

मेरोन्यूज २०७८ माघ २६ गते ६:५७

काठमाडौँ । इन्टर मिलान रोमालाई पराजित गर्दै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार रातिको खेलमा इन्टरले रोमालाई २–० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा इडिन जेको र एलेक्सिस सान्चेजले १–१ गोल गरेका थिए ।

जेकोले खेलको दोस्रो मिनेटमा इभान पेरेसिकको पासमा गोल गरेका थिए । सान्चेजले ६८ औँ मिनेट अग्रता दोब्बर बनाए ।

पराजितसँगै जोसे माउरिन्होको रोमा बाहिरिएको छ । अब इन्टरले एसी मिलान र लाजियोमध्ये एउटासँग सेमिफाइनलमा भेट गर्ने छ । सिमोन इन्जाघिको इन्टर यस सिजन तीन उपाधि नजिक छ ।

प्रतिक्रिया