‘ए’ डिभिजन लिगः एपीएफ र संकटाले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार विभागीय टोली एपीएफ फुटबल क्लबले संकटा क्लबलाई गोलरहित बराबरीमा रोकेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले गोलका केही अवसरहरू शृंजना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अंक बाँडे ।
११औं मिनेटमा सुवास गुरुङको पासमा फोडे फोफनाको प्रहार एपीएफका गोलरक्षक युवा कुरियामाले बचाए । ३४औं मिनेटमा नवीन लामाको कर्नर प्रहारमा आर्मन्ड बिडोमको हेडर क्रसर बार माथिबाट बाहिरियो ।
६०औं मिनेटमा रोमन लिम्बुको फ्री किकमा एपीएफका गोलरक्षक कुरियामा अगाडि बढेको अवस्थामा नीरज बस्नेत बललाई कनेक्ट गर्न सकेनन् । ६१औं मिनेटमा उत्तम राईको प्रहारलाई ओलुवासोगोको खुट्टामा डिफ्लेक्ट हुँदै बार नजिकैबाट बाहिरियो ।
खेलको ७४औं मिनेटमा एपीएफले गोलको राम्रो अवसर खेर फाल्यो । मैदानको मध्य भागबाट संकटाका रोशन परियारबाट खोसेर अघि बढाएको बलमा अभाव लामिछानेले ‘वान भर्सेस वान’ अवस्थामा राजाबाबु थापालाई बिट गर्न सकेनन् । आभासले १८ यार्ड बक्सबाट गरेको प्रहार राजाबाबुले विफल पारिदिए ।
८४औं मिनेटमा एपीएफले पेनाल्टी बक्सबाहिर फ्रिकिक पाएको थियो । एपीएफका कप्तान नवीन लामाले गरेको प्रहार राजाबाबुले बचाएका थिए ।
बराबरीसँगै १० खेलबाट १५ अंक जोडेको संकटा तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । संकटाले तीनमा जित, ६ मा बराबर र एक खेलमा हारको नतिजा आत्मसाथ गरेको छ ।
यस्तै, समान खेलबाट ११ अंक जोडेको एपीएफ भने नवौं स्थानमा यथावत् छ । एपीएफले दुईमा जित, पाँचमा र तीनमा हार बेहोरेको छ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया