बिहीबार, मंसिर ११, २०८२

नेपाललाई आयरल्याण्डले दियो १२८ रनको चुनौति

मेरोन्यूज २०७८ फागुन २ गते १७:२७

काठमाडौं । चार देश सम्मिलित टी–२० सिरिजको अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई १ सय २८ रनको चुनौति दिनएको छ ।

ओमानको मस्कटस्थित अमेरत मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि आयरल्यान्डले ब्याटिङ गरेको हो ।

टस हारेर ब्याडिङको निम्तो पाएको आयरल्याण्डले २० ओभरको खेलमा सबै विकेट गुमाएर १ सय २७ रन मात्र जोड्न सक्यो । नेपाल भन्दा बलियो मानिएको आयरल्याण्डलाई सस्तैमा समेट्न नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सिरिजमा पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गरेको थियो । सो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

दोस्रो खेलमा भने नेपाल यूएईसँग पराजित भएको थियो । युएईसँगको खेलमा नेपाल २५ रनले पराजित भएको थियो ।

आयरल्यान्ड भने दुई खेल खेलेकोमा एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो ।

आयरल्यान्ड पहिलो खेलमा ओमानसँग र दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।

नेपालले आइसीसी टी–२० विश्वकपको छनोटको तयारीस्वरूप टी–२० सिरिज खेलेको हो ।

नेपालले फागुन ६ गतेदेखि ओमानमै हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया