नेपाललाई आयरल्याण्डले दियो १२८ रनको चुनौति

काठमाडौं । चार देश सम्मिलित टी–२० सिरिजको अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई १ सय २८ रनको चुनौति दिनएको छ ।
ओमानको मस्कटस्थित अमेरत मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि आयरल्यान्डले ब्याटिङ गरेको हो ।
टस हारेर ब्याडिङको निम्तो पाएको आयरल्याण्डले २० ओभरको खेलमा सबै विकेट गुमाएर १ सय २७ रन मात्र जोड्न सक्यो । नेपाल भन्दा बलियो मानिएको आयरल्याण्डलाई सस्तैमा समेट्न नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सिरिजमा पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गरेको थियो । सो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेका थिए ।
दोस्रो खेलमा भने नेपाल यूएईसँग पराजित भएको थियो । युएईसँगको खेलमा नेपाल २५ रनले पराजित भएको थियो ।
आयरल्यान्ड भने दुई खेल खेलेकोमा एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो ।
आयरल्यान्ड पहिलो खेलमा ओमानसँग र दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।
नेपालले आइसीसी टी–२० विश्वकपको छनोटको तयारीस्वरूप टी–२० सिरिज खेलेको हो ।
नेपालले फागुन ६ गतेदेखि ओमानमै हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया