नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य
मेरोन्यूज
२०७८ फागुन ६ गते १३:५१

काठमाडौँ । आइसिसी टी २० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई जितको लागि ११८ रनको चुनौती दिएको छ ।
ओमान मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी १ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रनको योगफल बनायो । नेपालको लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए ।
यसैगरी कप्तान सन्दीप लामिछाने र लोकेश बमले समान १६–१६ रन बनाए । ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमल सिंह ऐरीले १ रन बनाए ।
ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले दुई विकेट लिँदा फैज बट, जिशान मक्सुदले एक–एक विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया