ट्वान्टी २० विश्वकप छनोट
नेपाल विश्वकप छनोटको सेमिफाइनलमा प्रवेश
नेपाल ८ विकेटले विजयी, भोलि हुने सेमिफाइनलमा यूएईसँग खेल्ने
मेरोन्यूज
२०७८ फागुन ९ गते १८:१५

काठमाडौँ । नेपाल ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज क्यानडासँगको खेलमा नेपाल ८ विकेटले विजयी भएको हो ।
मात्र ८१ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ३५ बल बाँकी छँदै लक्ष्य भेटाएको हो ।
जीतसँगै नेपाल सबै तीन खेल जितेर समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा पुगेको छ।
बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित भएको यूएई समूह उपविजेता भएर सेमिफाइनल पुगेको छ भने आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसअघिको दुई खेलमा नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनको फराकिलो स्कोरले जितेको थियो ।
अब नेपालले भोलि मङ्गलवार हुने सेमिफाइनलमा यूएईसँग खेल्नेछ।

सम्बन्धित









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया