‘ए’ डिभिजन लिगः पुलिस र एपीएफले अंक बाँडे

काठमाडौं । खेलको पहिलो मिनेटमै गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसका लागि सुमन लामा र एपीएफका लागि प्रदीप लामाले गोल गरे । पुलिसका सुमनले पहिलो मिनेटमै अग्रता दिलाए ।
एपीएफका विदेशी डिफेन्डर एडामा डोउम्बिया र गोलरक्षक युया कुरियामाको तालमेल अभावको फाइदा उठाउँदै राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सुमनले बक्स भित्रबाट खाली पोष्टमा सहज गोल गरे । यसअघि डिफेन्डर कपिल ढकालले सो बल उपलब्ध गराएका थिए ।
खेलको ४१ मिनेटमा एपीएफले बराबरी गोल ग¥यो । उसका प्रदीप लामाले डिबक्स बाहिरबाट गोल गरे । पुलिसका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई डिबक्स बाहिर नियन्त्रणमा लिँदै प्रदीपले पहिलो बार च्याप्दै गोल गरेका हुन् ।
राष्ट्रिय टोलीका सदस्यसमेत रहेका पुलिसका गोलरक्षक सत्रुघन चौधरीले सो प्रहार रोक्न नसक्दा एपीएफले बराबरी गर्ने मौका पाएको हो ।
एपीएफका राजन गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार र ट्रफी पाए । एपीएफकै प्रदीप लामा इमर्जिङ प्लेयर घोषित भए । उनले पाँच हजार पाए ।
बराबरीपछि पुलिस र एपीएफ यथास्थानमै रहे । पुलिस १२ खेलबाट ११औं स्थानमै छ भने समान खेलबाट एपीएफ आठौं स्थानमा छ ।









सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
अझै फर्किएनन् १२४ कैदीबन्दी
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया