‘ए’ डिभिजन लिगः पुलिस र एपीएफले अंक बाँडे

काठमाडौं । खेलको पहिलो मिनेटमै गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसका लागि सुमन लामा र एपीएफका लागि प्रदीप लामाले गोल गरे । पुलिसका सुमनले पहिलो मिनेटमै अग्रता दिलाए ।
एपीएफका विदेशी डिफेन्डर एडामा डोउम्बिया र गोलरक्षक युया कुरियामाको तालमेल अभावको फाइदा उठाउँदै राष्ट्रिय टोलीका सदस्यसमेत रहेका सुमनले बक्स भित्रबाट खाली पोष्टमा सहज गोल गरे । यसअघि डिफेन्डर कपिल ढकालले सो बल उपलब्ध गराएका थिए ।
खेलको ४१ मिनेटमा एपीएफले बराबरी गोल ग¥यो । उसका प्रदीप लामाले डिबक्स बाहिरबाट गोल गरे । पुलिसका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई डिबक्स बाहिर नियन्त्रणमा लिँदै प्रदीपले पहिलो बार च्याप्दै गोल गरेका हुन् ।
राष्ट्रिय टोलीका सदस्यसमेत रहेका पुलिसका गोलरक्षक सत्रुघन चौधरीले सो प्रहार रोक्न नसक्दा एपीएफले बराबरी गर्ने मौका पाएको हो ।
एपीएफका राजन गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार र ट्रफी पाए । एपीएफकै प्रदीप लामा इमर्जिङ प्लेयर घोषित भए । उनले पाँच हजार पाए ।
बराबरीपछि पुलिस र एपीएफ यथास्थानमै रहे । पुलिस १२ खेलबाट ११औं स्थानमै छ भने समान खेलबाट एपीएफ आठौं स्थानमा छ ।


















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
प्रतिक्रिया