टी–२० विश्वकप छनोट
यूएईले दियो नेपाललाई १७६ रनको चुनौति
मेरोन्यूज
२०७८ फागुन १० गते १७:२३

काठमाडौं । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई १ सय ७६ रनको चुनौति पेश गरेको छ ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन जोड्यो ।
यूएई सामु प्रारम्भिक चरणमा नेपालको फितलो प्रदर्शन गरे पनि पछि राम्रो खेलेको थियो । १ सय ७६ रनको लक्ष्य पाएको नेपालले आईसीसी विश्वकपमा पुग्न आजको खेलमा यूएईलाई जित्नै पर्ने हुन्छ ।
युएईका लागि ओपरन मोहमद वासीमले अर्धशतक पार गर्दै ४ चौका र ४ छक्काको मद्दतमा ७० रन जोडे । वासिमलाई नेपालका अभिनास बोहराले १७ औं ओभरमा आरिफ शेखबाट क्याच गराएका थिए ।
बलिङमा नेपालका जितेन्द्र मुखिया र अभिनास बोहराले ३–३ विकेट तथा कप्तान सन्दीप लामिछानेले १ विकेट हात पारेका थिए ।
सम्बन्धित









आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया