रुसी मुद्रामा भारी गिरावट

काठमाडौँ । युक्रेन आक्रमणलाई लिएर रुसमाथि पश्चिमेली देशहरुले नयाँ प्रतिबन्ध लगाइरहेका बेला अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ । त्यस्तै, डलरको मूल्यमा एक प्रतिशतले घटेको छ तेलको मूल्यमा वृद्धि भएको छ ।
देशका बैंक टाट पल्टने त्रास बढिरहेका बेला आइतबार रसियाको केन्द्रीय बैंकले शान्त हुन अनुरोध गरेको छ । बढ्दो तनावले ब्रेन्ट क्रुड तेलको मूल्य प्रति व्यारेल १०० डलरमाथि पुगेको छ । युरोपेली युनियन, अमेरिका र उसको गठबन्धनले रुसी बैंकलाई मुख्य अन्तर्राष्ट्रिय भुक्तानी गेटवे स्विफ्टबाट रोक्का गरेको छ ।
उनीहरुले रुसको केन्द्रीय बैंकमा रहेको सम्पत्ति रोक्का गर्दै देशको विदेशी भण्डारमा पहुँच गर्न सक्ने क्षमतालाई सीमित गरेका छन् । ‘अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई थप अलग्याउने’ आफूहरुको उदेश्य रहेको अमेरिकी गठबन्धनको संयुक्त विज्ञप्तिमा भनिएको छ । आफ्नो तेल तथा ग्यास निर्यातका लागि रुस स्विफ्ट प्रणालीमा निर्भर छ ।











प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
प्रतिक्रिया