शुक्रबार, चैत २७, २०८२

युक्रेनको सडकमा ६४ किलोमिटर लामो रुसी सेनाका बख्तरबन्दका ताँती

मेरोन्यूज २०७८ फागुन १७ गते १२:१६
Russian T-72B3 main battle tanks ride through Red Square during the Victory Day military parade in Moscow on May 9, 2017. Russia marks the 72nd anniversary of the Soviet Union’s victory over Nazi Germany in World War Two. / AFP PHOTO / Natalia KOLESNIKOVA (Photo credit should read NATALIA KOLESNIKOVA/AFP/Getty Images)

काठमाडौँ । सोमबार खिचिएका स्याटेलाइट तस्बिरहरूले युक्रेनको राजधानी किभको उत्तरमा ६४ किलोमिटरसम्म रुसी सेनाका बख्तरबन्द (सेनाका गाडी)का ताँती फैलिएको देखाएको छ । यसअघि सो क्षेत्रमा २७ किलोमिटरसम्म बख्तरबन्द फैलिएको बताइएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

अमेरिकी कम्पनी म्याक्सरले संग्रह गरेको ती तस्बीरहरुमा रुसी बख्तरबन्दले एन्टोनोभ विमानस्थलनजिकको सडकदेखि प्राइबिस्र्क सहरसम्मको क्षेत्रलाई ढाकेको देखिन्छ । ‘कन्भोय गुडिरहेको सडकनजिक इभान्किभको उत्तर र उत्तरपश्चिममा धेरै घर र भवनहरू जलिरहेको देखिन्छ,’ म्याक्सरले भनेको छ ।

युक्रेनको सीमाबाट मुस्किलले ३२ किलोमिटर टाढा रहेको दक्षिणी बेलारुसमा रुसले ग्राउन्ड अट्याक हेलिकोप्टर युनिट र थप स्थल सेना परिचालन गरेको पनि म्याक्सर टेक्नोलोजिले जनाएको छ ।

बिहीबार रुसी आक्रमण सुरु भएदेखि नै युक्रेनी फौजले मध्यकिभ जाने बाटोमा रुसी फौजले गरेको हमलालाई प्रतिकार गरेको छ । रुसी सेनाले सोमबार राजधानी कब्जा गर्नको लागि आक्रमणको पूर्वसन्ध्यामा एउटा राजमार्गमा युक्रेनीहरूलाइ ‘स्वतन्त्र रूपमा’ किभ छोड्न आग्रह गरेको थियो ।

प्रतिक्रिया