दिल्लीलाई हराउँदै मनाङ सेमिफाइनलमा
काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लब पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले बिहीबार प्रतियोगिताको उद्घाटन खेलमा भारतीय टोली दिल्ली फुटबल क्लबमाथि २–१ को पुनरागमन जित निकालेको हो ।
धनगढी रंगशालामा सम्पन्न खेलमा ६७ औं मिनेटमा कृष्णाले गोल गर्दै दिल्लीलाई अग्रता दिलाएका थिए । तर, ७७ औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई खेलमा फर्काएका थिए । यस्तै, निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा विमल रानाले गोल गरेपछि मनाङले २–१ को जित निश्चित गर्यो ।
खेलको म्यान अफ दी म्यान मनाङका अञ्जन चुनिए । उनले नगद १० हजार प्राप्त गरे । सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता छ ।
आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाइसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब छन् । प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलकिपर, रक्षक, मिड्फिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकसहित उदीयमान खेलाडी र फेयर प्ले टिमले नगद २५ हजारका दरले प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।















यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया