श्रीलंका जाने नेपाली क्रिकेट टोलीलाई बिदाई

काठमाडौं । श्रीलंका जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यक्रम गरी खेलाडीहरुलाई बिदाइ गरेको हो ।
क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अफिसियल, प्रशिक्षक तथा खेलाडी सहितको टिमलाई बिदाई गरे ।
आगमी मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने नेपाली क्रिकेट टिम आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका रहेको छ ।
सोही प्रयोजनकालागि नेपाली टिम शनिबार बिहान श्रीलंकातर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
नेपाल क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले नेपालका लागि अबको चुनौती भनेको एकदिवसीय मान्यतालाई जोगाउनु रहेको बताए ।
टिम कप्तान सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शनकालागि तयारी राम्रो रहेको र श्रीलंकामा हुने अभ्यास खेलले थप तयारीमा मद्धत पुग्ने बताए ।
नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब र भिम शार्की समेटिएका छन ।
त्यसैगरी मुख्य प्रशिक्षक पुबुदु दशानायाके, सहायक प्रशिक्षक प्रकाश शर्मा, म्यानेजर कैलाश विष्ट, फिजियो बिक्रम न्यौपाने, एनालिस्ट रमण शिवाकोटी र ट्रेनर राज शर्मा समेत श्रीलंका जाँदैछन् ।
बिदाई कार्यक्रममा क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, कोषाअध्यक्ष रोशन सिंह लगायतको सहभागिता रहेको थियो ।
















पहाडकी रानी बन्दीपुर गाउँ पर्यटनको आकर्षक गन्तव्य
२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया