बुधबार, माघ ७, २०८२

रुसी सेनाले युद्धबिराम गरेको सहरमा गोलाबारी र बम हमला

मेरोन्यूज २०७८ फागुन २२ गते ८:०६

काठमाडौँ । रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्ध बिराम घोषणा गरेको थियो ।

रुसी सेनाको गोलाबारीका कारण सर्वसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् ।

‘आवासीय ब्लकहरुमा निरन्तर गोलाबारी जारी छ, आवासीय क्षेत्रमा विमानले बमहरु खसालि रहेका छन्,’ उनको भनाई उदृत गर्दै एपी समाचार संस्थाले जनाएको छ ।

प्रतिक्रिया