सोमबार, पुष १४, २०८२

नारी दिवसमा स्वास्थ्य क्लिनिकमा विशेष छुट

मेरोन्यूज २०७८ फागुन २३ गते १५:०३

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ललितपुरको चापागाउ सातदोबाटोस्थित सिटी स्पेसियालिटी हेल्थ क्लिनिकले उपचारमा विशेष छुट प्याकेज सार्वजनिक गरेको छ ।

क्लिनिकले ओपीडी निःशुल्क, ल्याब जाँच ३० प्रतिशत छुट, अल्ट्रासाउण्डमा ३० प्रतिशत छुट, ईसीजी ३० प्रतिशत छुट, औषधिमा १० प्रतिशत छुट दिने जनाएको छ ।

नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि ३० गतेसम्म एक हप्ता महिला तथा पुरुष दुबैलाई छुट दिइने क्लिनिकका प्रमुख डा. सुमन सिम्खडाले जानकारी दिए ।

साथै क्लिनिकले ओमन्स डे स्पेसल हेल्थ प्याकेज कार्यक्रम पनि ल्याएको छ । जसमा सहुलियत दरमा महिला तथा पुरुषले आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन् ।

प्रतिक्रिया