सोमबार, पुष १४, २०८२

महालक्ष्मी विकास बैंकले विद्यार्थीलाई झोला बाँड्यो

मेरोन्यूज २०७८ फागुन २५ गते १८:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले सुर्खेतको बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा विद्यार्थीलाई झोला वितरण गरेको छ ।

यो बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको अभियान अन्तर्गत विभिन्न सामाजिक सहयोगहरु गर्दै आएको छ ।

“एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंकको सुर्खेत शाखाले एक कार्यक्रम गरी गरिब विद्यार्थीहरुलाई झोला वितरण गरेको हो ।

विद्यार्थी बालबालिकालाई झोला वितरण गर्दै महालक्ष्मी विकास बैंकका सुर्खेत शाखाका प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई झोला वितरण गर्न पाउँदा खुशी लागेको बताए ।

प्रतिक्रिया