सोमबार, पुष १४, २०८२

नारायणी भेहिकलले ल्यायो सुजुकी एक्सचेन्ज अफर

मेरोन्यूज २०७८ फागुन २७ गते १६:५१

काठमाडौं । ललितपुरको बालकुमारीस्थित सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर सञ्चालन गरेको छ ।

शुक्रवार (आज)देखि चैत ४ गतेसम्म संचालन हुने उक्त एक्सचेन्न्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीहरु संग नया सुजुकी गाडी साट्न सक्ने सेल्स हेड प्रज्वल घिमिरेले बताए ।

उक्त अफरमा एक्सचेन्ज गरि नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा रु ३० हजारसम्मको अतिरिक्त छुट समेत प्राप्त गर्न सक्ने जनाइएको छ ।

नारायणी अटो बिजनेसले बिगत १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया