आज यी स्थानमा वर्षा र हिमपात, सतर्कता अपनाउन आग्रह
मेरोन्यूज
२०७८ फागुन २८ गते ६:४१

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले गर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च हिमाली भागका मानिसलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित
















Composition of the 15-member Council of Ministers
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु
प्रतिक्रिया