सप्तरीमा आगोलागीबाट १३ घर जलेर नष्ट
मेरोन्यूज
२०७८ फागुन २९ गते ८:५०
काठमाडौँ । सप्तरीमा आगलागीबाट १३ घर जलेर नष्ट भएका छन् । जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका ४ टेंगरीमा शनिबार राति आगलागी भएको हो ।
स्थानीय डम्बर यादवको घरअगाडि राखेको रुखको पातबाट सल्किएको आगो बस्तीमा पसेको हो । सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादवसहित १३ जनाको घर जलेका छन् ।
आगलागीले ९ वटा बाख्रा मरेको छ । आगलागीबाट झण्डै २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगो बिहान ५ बजेतिर नियन्त्रणमा आएको थियो ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया