शुक्रबार, माघ ९, २०८२

निजामती कर्मचारी संगठनमा कोइराला चयन

मेरोन्यूज २०७८ चैत १ गते ६:५२

काठमाडौँ । नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको सोमबार सम्पन्न दुई दिने ११ औँ राष्ट्रिय अधिवेशनले लेखनाथ कोइरालाका अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । उनी यसअघि वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

अधिवेशनले उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवः जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरुमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र।कोषाध्यक्षमा गणेशप्रसाद आचार्यलाई चयन गरेको छ ।

मुलुकभरबाट करिब एक हजार प्रतिनिधि सहभागी अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा उद्घाटन गरेका थिए । वि.सं. २०४७ वैशाख ७ गते संगठनको स्थापना भएको थियो ।

प्रतिक्रिया