नेपाल र साउदी अरबबीच द्विपक्षीय बैठक बस्दै
मेरोन्यूज
२०७८ चैत १ गते ९:०६

काठमाडौँ । नेपाल र साउदी अरबबीच आज द्विपक्षीय बैठक बस्दै छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहान ९ः१५ बजे बैठक सुरु हुने जनाइएको छ ।
बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्ने छन् भने साउदी अरबको नेतृत्व साउदीका विदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्ने छन् ।
बैठकमा नेपाल र साउदी अरब सम्बन्धका सबै आयाममा छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठक सकिएपछि आज नेपाल र साउदीबीछ जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर हुने जनाइएको छ ।
बैठकमा सहभागी हुन साउदी विदेशमन्त्री सोमबार काठमाडौँ आइपुगेका हुन् । उनले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने छन् ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया