ट्राफिक नियम सचेतनाका लागि स्लो बाईक रेस प्रतियोगिता

लमजुङ । ट्राफिक नियम सचेतनाका लागि लमजुङको बेँसीशहरमा स्लो बाईक रेस प्रतियोगिता आयोजना गरिएको छ । बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीको समन्वयमा रोट्रयाक्ट क्लब अफ लमजुङ, रोटरी क्लब अफ लमजुङको आयोजना र बेँसीशहर नगरपालिकाको आर्थिक सहयोगमा रेसको आयोजना गरेको हो ।
ुछिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छु भन्ने नाराका साथ रोटा सप्ताहको अवसर पारेर प्रतियोगिता सञ्चालन गरेको रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगितामा रेशम भारती सबैभन्दा बिस्तारै निर्धारित दुरी पार गरी विजेता बन्न सफल भए । २८ जनाको सहभागिता रहेको प्रतियोगितामा अनुप श्रेष्ठ दोश्रो र सन्दीप लामा तेस्रो भए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएकालाई ट्रफी, प्रमाणपत्र र हेलमेटसहितको पुरस्कार उपलब्ध गराइएको थियो । प्रतियोगिताले सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना मिलेको बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । स्लो बाइक रेस प्रतियोगिताले सवारी दुर्घटना न्युनिकरण गर्न सहयोग पुग्ने रोटरी डिष्ट्रिक ३२९२ का सहायक गभर्नर डा। तिलकबाबु घिमिरेले बताए ।
















यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया