ट्राफिक नियम सचेतनाका लागि स्लो बाईक रेस प्रतियोगिता

लमजुङ । ट्राफिक नियम सचेतनाका लागि लमजुङको बेँसीशहरमा स्लो बाईक रेस प्रतियोगिता आयोजना गरिएको छ । बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीको समन्वयमा रोट्रयाक्ट क्लब अफ लमजुङ, रोटरी क्लब अफ लमजुङको आयोजना र बेँसीशहर नगरपालिकाको आर्थिक सहयोगमा रेसको आयोजना गरेको हो ।
ुछिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छु भन्ने नाराका साथ रोटा सप्ताहको अवसर पारेर प्रतियोगिता सञ्चालन गरेको रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगितामा रेशम भारती सबैभन्दा बिस्तारै निर्धारित दुरी पार गरी विजेता बन्न सफल भए । २८ जनाको सहभागिता रहेको प्रतियोगितामा अनुप श्रेष्ठ दोश्रो र सन्दीप लामा तेस्रो भए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएकालाई ट्रफी, प्रमाणपत्र र हेलमेटसहितको पुरस्कार उपलब्ध गराइएको थियो । प्रतियोगिताले सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना मिलेको बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । स्लो बाइक रेस प्रतियोगिताले सवारी दुर्घटना न्युनिकरण गर्न सहयोग पुग्ने रोटरी डिष्ट्रिक ३२९२ का सहायक गभर्नर डा। तिलकबाबु घिमिरेले बताए ।
















जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
राष्ट्रियसभामा तीन अध्यादेश पेस
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया