होलीमा इच्छाविपरीत रङ नदल्नु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले होलीमा कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने जस्ता कानुनले बन्देज गरेका क्रियाकलाप नगर्न अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपिल जारी गर्दै होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने क्रियाकलाप नगर्न सचेत गराएको हो । सुर्खेत लगायतका पहाडी जिल्लामा बिहीबार होली मनाइँदै छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले फागू पर्वका अवसरमा अराजक गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरिने बताए । ‘होली (फागू पर्व)मा गर्न नपाइने क्रियाकलापबारे सचेत गराएका छौं,’ उनले भने, ‘अटेर गरी कानुनले बन्देज गरेका गतिविधि भएको पाइएमा कारबाही गर्न बाध्य हुनेछौँ ।’
प्रशासनले होली मनाउने क्रममा इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, बाटोमा ढुकेर फोहर पानी, रासायनिक पदार्थ छ्याप्ने, बाटो अवरुद्ध हुने गरी सवारीसाधनबाट रकम असुल्ने लगायतका क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया