सरकारी छाप कीर्ते गर्ने १२ जनामाथि छानबिन सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिका १२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा कीर्ते सरकारी छाप प्रयोग गरी छिटो राहदानी बनाई दिने प्रलोभन देखाई ठगी गरेको पाइएको छ ।
प्रहरी वृत्त कालीमाटीका अनुसार यसरी कीर्ते गरेको फेला परेपछि १२ जनालाई पक्राउ गरी अनुसन्धान अगाडी बढाइएको छ । पक्राउ पर्नेमा काठमाडौँको गोङ्गबु बस्ने रोल्पाका २९ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने प्रज्वल खड्का, काठमाडौँको सामाखुशी बस्ने बागलुङका रञ्जित कार्की, काठमाडौँको मनमैजु बस्ने म्याग्दीका ३३ वर्षीय रामजी परियार, काठमाडौँको गोङ्गबुकी गोमा बजगाईँ र सोही ठाउँ बस्ने पाल्पाका जीवनकुमार श्रेष्ठ छन् ।
यस्तै, काठमाडौँको गौशाला बस्ने रामेछापका ३७ वर्षीय मिठे मगर, ललितपुरका रमेश बजगाईँ, काठमाडौँको माछापोखरी बस्ने काभ्रेपलाञ्चोकका सन्दीप मैनाली, काठमाडौँको धुम्बाराही बस्ने सिन्धुलीका अभिषेक मगर, काठमाडौँको सिनामङ्गल बस्ने दैलेखका निरञ्जन तिवारी र काठमाडौँको कलङ्की बस्ने धादिङका मदन तामाङ पनि पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट कीर्ते गरिएका चार थान विभिन्न सरकारी कागजात, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवं निजी छाप २० थान थान बरामद गरेको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया