महोत्तरीमा दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गरिने

महोत्तरी । महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ। स्थानीय तह निर्वाचन २०७९ को लागि ६–११ चैतसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दर्खास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
महोत्तरीका लागि मात्र दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गर्नु पर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश बिष्टले जानकारी दिए।
छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दर्खास्त दिन सक्ने छन्।
विशेष गरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउने छन्। ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत साच हजार २००, पोशाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ।
छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिने भर्ना छनोट महाशाखाले जनाएको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया